|

सिरहा : छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ।

घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए।

रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ।

सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। आमा र बहिनीमाथि रड प्रहार गर्ने राम दासलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.