|

संघर्ष र भाग्य साथसाथै अघि बढेमा सफलता पाउन धेरै समय लाग्दैन। अफगानी क्रिकेटर रसिद खानको जीवनमा पनि यस्तै भयो। त्यही भएर त उनी अहिले विश्वमा नम्बर एक बलरका रूपमा उभिन सफल भए। एसोसिएटेड देश त्यसमा पनि सीमित क्रिकेट गतिविधिमा नै आफूलाई प्रमाणित गर्नु पर्ने चुनौती यही चुनौतीबीच विश्व क्रिकेटमा उदाएका रसिद खानको जीवन कथा भने निकै फरक छ।

संघर्ष र आतंकको पर्याय बनेको अफगानिस्तानमा रसिद खान यस्तो जीवन बुटी हुन जसले अफगानीहरूलाई जीवन जिउन संघर्ष गर्न मात्र सिकाएनन् अँध्यारोबीच उज्यालो कसरी खोज्ने भन्ने पाठ पनि सिकाए। संघर्षमा निरन्तर कसरी लाग्ने भने ठूलो प्रेरणादायी कथाको जीवन्त पात्रका रूपमा समेत आफूलाई चिनाउन सफल भए।
साँचिकै ठ्याकै त्यही समय हो जतिवेला रसिद अफगानिस्तानमा जन्मिए त्यहीवेला हिंसा छिटफुट सुरु भएको थियो । तर, उनको बाल्यकाल बम र बारुदको धुवाँको मुस्लोमा बित्यो बाँच्‍नका लागि रसिदका बा आमासँग पनि केही विकल्प थिएन ग्रामीण भेगमा जीवन बाँच्नकै लागि उनीहरू पाकिस्तान पसे शरणार्थीका रूपमा। कथा यतिमै अन्त हुन पाकिस्तानमा परिवारले भोगेका कथाहरूको फेहरिस्त तीतो अनुभवका रूपमा रसिद खानको जीवनमा यस्तरी बसेको छ। सायदै अब उनले ती अतीत बिर्सन्छन्।

पाकिस्तानमा सिके रसिदले क्रिकेट

आफ्नो देशबाट जीवन बचाउनका लागि पाकिस्तान पुगेका रसिदले विस्तारै बल र ब्याट समाउन सुरु गरे। विस्तारै उनले संघर्षको लामो यात्रा सुरु गरे। त्यसोत हरेक क्रिकेटरका लागि करिअर सहज हुन्छ तर रसिदले भने अलि बढि नै दु:ख गरेका थिए।

रसिद १९९८ मा पूर्वी अफगानिस्तानको नगरहारमा जन्मिएका थिए। उनका १० जना दिदी भाइ छन्। सोही समयमा अफगानिस्तानमा चरम हिसांत्मक गतिविधि भएपछि उनको परिवार पाकिस्तानमा बस्यो केही वर्ष। पछि पुन अफगानिस्तान नै फर्कियो र सामान्य जीवन सुरु गर्‍यो। रसिद सुरुमा आफ्नै भाइहरूसँग मिलेर क्रिकेट खेल्ने गर्थे।

अफ्रिदी प्रेरणा

सानै उमेरमा प्रोफेसनल क्रिकेटेर बन्ने ठूलो सपना बोकेका रसिदका लािग पाकिस्तानी खेलाडी सहिद अफ्रिकी प्रेरणाका स्रोत हुन्। उनको बलिङ एक्सन पनि अफ्रिकीसँग मेल खान्छ। आफ्नो १७औँ जन्मदिनपछि रसिदको अफगानिस्ताको अन्तर्राष्ट्रिय टिममा मौका मिल्यो। उनले २०१५ मा जिम्बाब्वेविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरे।

दुई वर्षपछि पनि रसिद जिम्बाब्वेविरुद्ध मैदानमा थिए जहाँ उनले धमाकेदार प्रदर्शन गर्दै आफूलाई उत्कृष्ट देखाए। जिम्बाब्वेविरुद्ध १६विकेट लिएका रसिद आसिसी एकदिवसिय वरीयतामा भारतीय बलर जसप्रित बुम्राह समान शीर्ष स्थानमा रहन सफल भए। गत वर्ष इन्डियन प्रिमियर लिग आइपिएल सर्वाधिक महँगो एसोसिएटेड खेलाडीका रूपमा रहेका रसिद त्यो समय सनराजर्स हैदरावादमा चार करोड रुपैयाँमा आबद्ध भएका थिए।

के हो मुख्य हतियार?

रसिदलाई क्रिकेटमा मसिहा बनाउने खास हतियार के हो त? खास कुरा यो हो कि उनले बल बढी टर्न गर्दैनन्। तर हावामा बलको रफ्तार बढाउँछन् र ब्याटसम्यानलाई चकमा दिने कोसिस गर्छन्। यो स्टाइल पनि अफ्रिकी हो। उनको अझ बलियो हतियार भनेको गुगली बल नै हो। यसबाहेक रसिद राम्रो फिल्डर पनि हुन्। उनी अधिकांश सयम कभरमा रहन्छन जहाँ एकदिवसीय क्रिकेटमा सर्वाधिक व्‍यस्त क्षेत्रका रूपमा रहने गरेको छ।

साल २०१८ रसिदका लागि निकै भाग्यशाली वर्षका रूपमा रह्‍यो। आइसिसी वरीयतामा पहिलो नम्बरमा पुगेका उनी आइपिएलमा ९ करोड भारतीय रुपैयाँमा आफूलाई बिकाउन सफल भए।

आक्रामक ब्याट्सम्यान पनि 

एकदिवसीय क्रिेकटमा अहिलेसम्म उनले ३७ खेलमा ८६ विकेट लिएका छन्। त्यस्तै, टी-२० खेलमा ४७ विकेट लिएका छन्। बिग वैश लिगमा उनी एडिलेड स्ट्राइकर्सको तर्फबाट प्रतिस्‍पर्धा गर्छन् यो पटक उनको ब्याटिङको चर्चा निकै राम्रो रह्‍यो। उनको आइपिएल अनुबन्धनसँगै विभिन्न देशमा हुने घरेलु लिगमा माग बढ्दो छ। जसका लागि समय व्यवस्थापन गर्दै आफ्नो प्रदर्शनमा निखारता ल्याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.