|

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा बढी आकांक्षी देखिएका छन्। 

आयोगले २९ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरुले 'लबिङ' गरिरहेका छन्। राष्ट्रपति पदका लागि एमालेभित्र एमाले पूर्वअध्यक्ष झलनाथ खनाल, र नेता सुवास नेम्वाङ लबिङमा लागेका छन्। नेम्वाङ पूर्वसभामुख हुन्।

यस्तै नेता माधवकुमार नेपाललाई समेत केही नेताले राष्ट्रपतिको उम्मेदवार बन्न हौस्याएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.