|

बर्दिया : माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार बन्ने बताएका छन्। स्थिर सरकार गठन र वामएकता टुंगोमा पुगेसँगै मुलुक विकासको गतिमा लाग्ने उनले दाबी गरे।

बर्दिया नगरपालिकामा आयोजित ‘प्रथम बारबर्दिया तथा जयनगर महोत्सव–२०७४’ को आज उद्घाटन गर्दै महराले यस क्षेत्रका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने बताए। 

महोत्सवको आकर्षणमा नेपाली राष्ट्रिय कलाकार तथा स्थानीय कलासंस्कृति झल्किने आधुनिक तथा पुखर्निया नाचगान, थारु समुदायको कला संस्कृतिसहितको साँस्कृतिक प्रस्तुति तथा हस्तकला सामग्री प्रदर्शन गरिने  महोत्सव आयोजक मूल समितिका संयोजक रामसोहन चौधरीले जानकारी दिए। 

‘हाम्रो बारबर्दिया हाम्रो शान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान’ नाराका साथ शुरु भएको महोत्सव यही फागनु २० गतेसम्म चल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.