|

काठमाडौं : छविराज ओझाको निर्माण रहेको फिल्म ‘मंगलम’ मोफसल प्रचारमा लागिपरेको छ। निर्माता छविराजसंगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्कालगायतको युनिटले पूर्वको धरानबाट आफ्नो प्रचार सुरु गरेको हो। फिल्म युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौडा, पोखरा पुग्नेछ।

नवल नेपाल निर्देशित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ। फिल्ममा शिल्पा र पुष्पसँगै पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका छ। फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथि भूमिकामा देखिँदै छिन्। 

२५ फागुनबाट प्रदर्शनमा आउने फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ। फिल्ममा दीपक शर्माको संगीत, गोविन्द फुयाँलको कथा, विष्णु घिमिरेको छायांकन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.