|
प्रतीकात्मक तस्बिर

सन्धिखर्क : अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेको पाइएको छ। जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउन विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि सुधार आएको विद्यार्थीहरु बताउँछन्।

दिनभर कुन शिक्षक कति समयमा कक्षाकोठमा पढाउन आउँछन्, कति समय पढाउँछन् भनेर विद्यार्थीहरुले हाजिर गरेर राख्ने गर्छन्। विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि शिक्षकहरु समयमै कक्षाकोठामा गएर पढाउन थालको जनज्योति मावि सन्धिखर्कमा अध्ययनरत विद्यार्थी मुना पन्थीले बताइन्। उनी भन्छिन्, ‘कुन शिक्षक कति बेला आउनुहुन्छ हाजिर गरेर राख्छौं। कति समय पढाउनुहुन्छ, शिक्षक कक्षाकोठामा पढाउन नआएमा के कारणले आउनुभएन खोजी गर्छौं र कारणसहित प्रअलाई बुझाउँछौं।’

भूमिकास्थान नगरपालिका–४ शान्ति मावि धारापानीमा पनि विद्यार्थीले शिक्षकको हाजिर गर्छन्। विद्यालयका प्रधानाध्यापक पदम पन्थी भन्छन्, ‘१५ दिन भो यो कार्यक्रम सुरु गरेको। यसले धेरै परिवर्तन आएको छ। शिक्षकहरु समयमै कक्षामा पढाउन जानुहुन्छ, शिक्षकहरु समयमै कक्षामा पढाउन नसकेमा कारणसहित विद्यार्थीले मलाई बुझाउँछन्। चित्तबुझ्दो कारण नआएमा कारवाही हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.