|

काठमाडौं :  स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण बजेट बनाउन समस्या हुने भएको छ। ७५३ स्थानीय तह र सातवटै प्रदेशमा खटिएका अधिकांश कर्मचारीमा विगतमा बजेट बनाएको अनुभव र बजेटको प्राविधिक ज्ञानको कमी छ।

सरकारले स्थानीय तह र प्रदेशमा अर्थ मन्त्रालय, योजना आयोगजस्ता निकायमा बसेर बजेट बनाएको अनुभव भएका कुनै पनि कर्मचारीलाई पठाएको छैन। यही कारण आगामी आर्थिक वर्षको बजेट बनाउन समस्या देखिएको हो।

दुईतीन वर्ष मुलुकको बजेट बनाउने काममा संलग्न लक्ष्मण अर्याल अहिले प्रदेश ४ को प्रदेश प्रमुखको कार्यालयको मुख्य सचिवमा कार्यरत छन्। उनीजस्तै एकाध अनुभवी कर्मचारी कुनै प्रदेश वा स्थानीय तहमा गए पनि अधिकांश कर्मचारी बजेटबारे जानकार छैनन्।

बजेट बनाउने काम पूर्णरुपमा प्राविधिक विषय भएकाले अनुभव र ज्ञान नभएसम्म गाह्रो हुन्छ। डाक्टर वा इन्जिनियरको काम अन्य व्यक्तिले गर्न नसकेजस्तै अनुभव र ज्ञान नभएका कर्मचारीले बजेट बनाउन सक्दैनन्। स‌ंविधानमा केन्द्रीय बजेट जेठ १५ मा सार्वजनिक गर्नुपर्ने किटानी व्यवस्था गरिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.