|

कैलाली : टीकापुर घटनाका आरोपितले जिल्ला कारागार कैलालीभित्रै शुरु गरेको आमरण आनशन आज दोस्रो दिन पनी जारी छ। प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नं १ बाट राजपाका तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिई बहुमतका साथ विजयी भएका रेशमलाल चौधरीलाई प्रमाणपत्र दिनुपर्ने, शफत लिन पाउनुपर्ने, आफूहरुमाथि लगाएको मुद्धा फिर्ता लिनुपर्ने माग खाख्दै कारागारभित्रै आमरण अनशन बसिरहेका कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए।

प्रतिनिधीसभामा आफ्ना प्रतिदन्दीलाई  भारी मतान्तरले पराजित गदै चौधरी प्रतिनिधि सभाको सदस्यमा निर्बाचित भएका थिए। थारु बाहुल्य क्षेत्र बाट उम्‍मेदावारी दिएका चौधरीले प्रहरीको फरार सूचीमा भए पनि रेशम लाल चौधरीले लुकीछिपी चुनावको प्रचारप्रसार गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार ५ बजेर ४० मिनेटमा उनिहरुले अनशन सुरु गरेका थिए। जिल्ला कारगार शाखा कैलालीमा टीकापुर घटनामा संलग्न रहेको आरोपमा २६ जना रहेका छन्। टीकापुर घटनामा संलग्न रहेको आरोपमा २५ जनालाई पहिले नै पुर्पक्षका लागि थुनामा राखिएको भए पनि रशेमलाल चौधरीलाई फागुन १४ गते जिल्ला अदालत कैलालीले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको  थियो।

जिल्ला न्यायधीश पसरशुराम भट्टराईको एकल इजलासले चौधरीलाई थुनामा राख्न आदेश दिएको हो। जिल्ला अदालत कैलालीका रजिष्टार इन्द्रबहादुर कठायतका अनुसार अदालती बन्दोबस्तको १ सय १८ नम्बर अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनि अहिले कारागारमा छन्।

रेशमलाई कर्तव्‍य ज्यान, डाकाचोरी, ज्यानमार्ने उद्योग गरी ३ वटा मुद्धा लगाइका छन्। उनी फागुन १४ गते जिल्ला अदालत कैलालीमा उपस्थित भएका थिए। टीकापुर घटनाका आरोपी रेशम चौधरी त्यसअघि प्रहरीको फरास सूचीमा रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.