|

जनकपुरधाम : धनुषाको ढल्केवर–जनकपुरधाम सडक खण्डमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

धनुषा मिथिला नगरपालिका- १ नक्टाझिजस्थित ढल्केबरबाट जनकपुरतर्फ गिट्टी लोड गरेर जाँदै गरेको ज१क २९३ नम्बरको ट्रिपरले ठक्कर दिएर लक्ष्मिनिया गाउँपालिका- ५ बनिनिया बस्ने अन्दाजी ४० वर्षका हरिनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बट्टेश्वरबाट महेन्द्रनगरतर्फआउँदै गरेको ज६प ९०४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको थियो। फरार ट्रिपर चालकको खोजी कार्य जारी रहेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले बताए।

मृतक यादव राष्ट्रिय प्राथमिक विद्यालय रमौलीमा कार्यरत शिक्षक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.