|

कैलाली : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयका अनुसार मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री भट्टले  विश्वासको मत लिनेछन्।

नेपालको संविधानुसार नियुक्त भएको एक महिनाभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका भट्ट गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ र माओवादीका १४ गरी ३९ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.