|

काठमाडौं :  तेस्रो मुलुकसंँगको व्यापारमा बिचौलियाहरुको दबदबाले आयातकर्ताको लागत बढ्दा त्यसको सिधा भार नेपाली उपभोक्ताको थाप्लो परिरहेको छ।

भू-परिवेष्ठत मुलुक नेपालको आयातमुखी व्यापार बर्सेनि बढे पनि व्यापार सहजीकरणसमेत नहुँदा नेपालमा आयातित वस्तुको मूल्य अस्वभाविक देखिएको छ।दिनहुँ व्यापारघाटा पनि बढ्दो अवस्थामा रहेको नेपालका लागि व्यापार सहजिकरण निकै पेचिलो मुद्दा बनेको छ। 

समुद्रपारबाट आयात गरिने सामान भारतको कोलकाटा बन्दरगाह हुँदै ल्याइने गरेको छ। तर, त्यहाँ बिचौलियाका बिगबिगीका कारण खर्च समय बढी लाग्ने गरेकाले नेपालमा समान आइपुग्दा महँगो पर्ने गरेको छ। 

काेलकाता र नेपालमा समेत यस्ता बिचौलाहरुले सामान ल्याइदने बिचौलियाहरुले समान ल्याइदिने 'कण्टेनर ह्ययाण्डलिङ' एजेन्टको नाममा आयातकर्ताहरुको समान राखिएको कन्टेनर काेलकाताबाट छुटाउने र नेपालमा फर्वाड गरिदिने जिम्मा लिएका हन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.