|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरेको भेटिएपछि कीर्तिपुर नगरपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ। त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सापास गरेको छैन।

नक्सापास नगरी धमाधम भवन निर्माण गर्न थालेपछि कीर्तिपुर नगरपालिकाले कारवाही प्रक्रिया अघि बढाउन लागेको हो। त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले त्रिविमा हालसम्म निर्माण गरिएको कुनै पनि भवनको नक्सापास नगरेको स्पष्ट पारे। उनले भने,  ‘बल्ल जानकारी भयो, अब प्रक्रियामा जानेछौं।’

केही महिनाअघि कीर्तिपुर नगरपालिकाले पत्र पठाएर हाल निर्माणाधीन र निर्माण हुने क्रममा रहेको सबै किायको नक्सा स्वीकृत लिए वा नलिएको विवरण माग गरेको छ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नक्सापास नै नगरी भवन बनाउन थालेपछि पत्र पठाएको जानकारी दिए। उनले भने, ‘हामीले अनुगमन गर्‍यौं, नक्सापास नभएको फेला पारेपछि पत्र पठाएका हौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.