|

काठमाडौं : विभिन्नखाले कडा प्रकारका रोग लागेका बिरामीको संख्या वृद्धि हुँदै गएपछि सरकारलाई यसको उपचारका लागि दिने अनुदान बजेटको दायित्वसमेत बढ्दै गएको छ।

रोगीको संख्या वृद्धिसँगै कडा भनी निर्धारण गरिएका अाठ रोगको उपचार सहायताका लागि सरकारले बर्सेनि बजेट वृद्धि गर्दै लगेको देखिन्छ। गत वर्षको तुलनामा मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका लागि यो वर्ष २५ करोड रुपैयाँ वृद्धि गरेर एक अर्ब रुपैयाँ पुर्‍याएको छ।

नसर्ने प्रकृतिको रुपमा रहेका यस्ता रोग नियन्त्रण गर्न ठोस कदम चाल्न नसक्दा संख्या बढ्दै गएर सरकार स्वास्थ्य उपचारको अनुदान बढाउन बाध्य भएको छ। पाँच वर्षअघि सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका जारी गरी विपन्नका लागि उपचार खर्च दिँदै आएको छ।

सरकारले अघिल्लाे वर्षमात्र ३३ हजार ४ सय ८८ जना कडा रोगका बिरामीका लागि १ अर्ब २ करोड ५५ लाख ८४ हजार रुपैया खर्च गरेको स्वास्थ्य सेवा विभागको पछिल्लो रिपोर्टमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.