|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको नाममा रहेका ५२५ रोपनी जग्गा विभिन्न निकायले हडपेको भए पनि ती जग्गा फिर्ता लिन त्रिवि असफल भएको छ। सबै सरकारी निकायको आँखा लाग्न पुगेको त्रिविको ती जग्गा एक दर्जनभन्दा बढी निकायले भोगचलन गरिरहेका छन्।

केही जग्गा त्रिवि आफैंले उपलब्ध गराएको छ भने केही जग्गा विभिन्न निकायले जबर्जस्तीरुपमा भोगचलन गर्दै आएका छन्। त्रिवि परिसरमा तीन हजार ४२ रोपनी जग्गामध्ये कति जग्गा त बाटो विस्तार गर्ने नाममा कीर्तिपुरवासी र त्रिविसँगै जोडिएका बस्तीले हडपिसकेका छन्।

त्रिविको सामान्य प्रशासन महाशाखाको सम्पत्ति व्यवस्थापन तथा निर्माण शाखाका अनुसार महानगरीय प्रहरी वृत्त कालीमाटीले एक रोपनी, प्रहरी वृत्त कीर्तिपुरले तीन रोपनी, आयर्वेद क्याम्पस नजिक गणतन्त्र स्तम्भ निर्माण गर्न ६० रोपनी, काठमाडौं उपत्यका खानेपनी लिमिटेडले २४ रोपनी, वागवानी विकास केन्द्रले २८१ रोपनी, आँखा केन्द्रले १० रोपनी, ब्लड बैंकले तीन रोपनी, सत्संगले १३ रोपनी जग्गा भोगचलन गर्दै आएका छन्।

तीबाहेक बीपी प्लानेटोरियम, नेपाल बैंक लिमिटडले कति जग्गा भोगचलन गरेको हो भन्ने तथ्यांक छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.