|

काठमाडौं : विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील झापाका तीर्थ सिग्देलले पूर्वको राजनीतिलाई समेटेर ‘पूर्वको राजनीति’ पुस्तक बजारमा ल्याएका छन्। झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ यसअघि नै विमोचन भएको हो।

पुस्तक विशेष गरी राजनीतिसँग सम्बधित रहेको लेखक सिग्देलले बताए। उनले भने, ‘राजनीति गर्नेहरू, जसलाई यो पुस्तक अत्यावश्यक छ। किनभने जो मान्छे आफ्नो काममा लाग्छ भने त्यस विषयमा दख्खल राख्न जरुरी छ। राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ।’

उनले आफ्नो पुस्तक नवोदित पत्रकारहरूका लागि पनि आधारभूत सिकाइका स्रोत बन्नसक्ने बताए। सिग्देलका अनुसार उक्त पुस्तकमा हालको प्रदेश १ को राजनीतिक घटनाक्रम समेटिएको बताए।  आफूले यस पुस्तकामा प्रदेश १ को राजनीतिक घटनालाई खोजी गरेर लेखेको बताए। उनले भने,‘खासमा म खोज र अनुसन्धानमा आधारित भएर लेख्ने लेखक हुँ। यसपटक बजारमा आएको यो पुस्तकमा मैले पूर्वको ऐतिहासिक घटनाक्रमहरूलाई समेटेको छु। यस बिषयलाई जहिल्यै पनि बेवास्ता गरियो।’

देशको राजनीतिक परिवर्तनमा योगदान पर्‍याएको पूर्वको राजनीतिक घटनाक्रमहरू बिलाउँदै गएका ती तथ्यलाई खोजी गर्ने प्रयास गरेको लेखक सिग्देलले जानकारी दिए।

२५ वर्षको पत्रकारिता जीवनको अनुभवलाई पुस्तकमा समावेश गरेको सिग्देल बताउँछन्। भन्छन्,‘२५ वर्षको प्रत्रकारिताको अनुभवले एउटा लेखक जन्मियो भन्दा पनि हुन्छ। पत्रकार हुन मात्र त सजिलो होला। तर, पत्रकारिता पेशामा मात्र चित्त बुझाएर बस्न गाह्रो हुन्छ। सायद म त्यस्तै पत्रकार हुनसक्छु, जसले रिर्पोटिङ गरेर मात्र बस्न सकिन।’ पत्रकार सिग्देलले यसअघि उनको गत वर्ष आफ्नै अनुभवमा आधारित भएर ‘जीवनको गति’ नामक पुस्तक प्रकाशन गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.