|

काठमाडौं : सरकारले गरेको अध्ययनले प्रदेश १ जलविद्युत् उत्पादनमा सबैभन्दा बलियो देखिएको छ। जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९८७ मेगावाट देखिएकोमा त्यसमध्ये प्रदेश १ मा सबैभन्दा बढी देखिएको हो।

पाँच हजार मिटरभन्दा साना र चुरे क्षेत्रमाथिका १३ नदी बेसिनमा क्यु–४० लाई आधार मानेर गरिएको अध्ययनको आधारमा सबैभन्दा बढी उत्पादन क्षमता प्रदेश १ र सबैभन्दा कम प्रदेश २ मा देखिएको छ। परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटल गरेको कुल जलविद्युत् क्षमता र बेसिनस्तरको क्षमतालाई आधार मानेर प्रदेशस्तरमा तथ्यांक निकाल्दा यस्तो देखिएको हो।

परामर्शदाता कम्पनीमा टाली प्रमुख केपी दुलालले भने, ‘आयोगको कार्यादेशअनुसार नदी बेसिनको आधारमा क्यु–४० मा कुल विद्युत् उत्पादन क्षमताको अध्ययन सकिएको छ, यसको प्रतिवेदन बुझाउन बाँकी छ।’ 

अध्ययन अनुसार प्रदेश १ को क्षमता २२ हजार ८२० देखिएको छ। सो प्रदेशमा मेची नदीबाट ३५, कन्काईबाट २६९, कोशीबाट २२ हजार ५०४ र कमला नदीबाट ११ मेगावाट उत्पादन हुने अध्ययनले देखाएको छ।

प्रदेश २ मा भने सबैभन्दा कम विद्युत् उत्पादत हुने अध्ययनले देखाएको छ। सो प्रदेशको ३४१ मेगावाट उत्पादन क्षमता छ। तथ्यांक अनुसार बागमतीबाट ३३, कमलाबाट २२९, कोशीबाट ७ र वकैया नदीबाट ७२ मेगावाट उत्पादन क्षमता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.