|

गोरखा : सुन्तलाले गोरखालाई चिनाउने काम सुन्तलाले मात्र गर्‍यो। गोरखामा पनि मनकामनाको सुन्तला अझै प्रख्यात छ। तर, देशैभरि नाम कमाएको गोरखा र मनकामना आसपासको सुन्तलाका बोट पछिल्लो सुक्न थालेको छ।

जिल्लाको मनकामना, ताङ्लिचोक, घैरुङलगायतका स्थान  गोरखा जिल्लाका सुन्तला पकेट क्षेत्र हुन्। पछिल्लो समय यी क्षेत्रका सुन्तला रोग लागेर सुक्न थालेका छन्। जसले केही ठाउँमा उत्पादन नै हुन छाडेको छ। सबैभन्दा बढी ताङ्लिचोकमा रहेका सुन्तलाका बगैंचामा रहेका रोग लागको जिल्ला कृषि विकास कार्यालय, गोरखाले जनाएको छ।

अघिल्लो वर्षसम्म लाखाैं रकमको आम्दानी दिने सुन्तलाको बगैंचाले अहिले किसानलाई ऋणि बनाएको छ। ‘अघिल्लो वर्षसम्म एक सिजनमा हामीले थोरैमा चार लाख रुपैयाँ कमाउँथ्यौँ’ ताङ्लिचोकका किसान देवनारायण श्रेष्ठले भने, ‘यसपाली त एक रुपैयाँको पनि बिक्री गरेनौँ । बगैंचा नै सखाप भयो।’

किसान लेखनारायण श्रेष्ठ, राजकुमार श्रेष्ठ, मायादेवी श्रेष्ठले सुन्तला खेतीबाट ऋण लागको बताए। ‘सुन्तला मर्न थालेपछि  प्राविधिक ल्यायो,’ उनीहरुले भने, ‘यसो हुन्छ कि भन्यो, उसो हुन्छ कि भन्यो, उनीहरुलाई खर्च भरेर पठाउनुबाहेक प्रगति भएन।’

उनीहरूले नौ रोपनी क्षेत्रफल रहेको सुन्तला बगैंचामा उत्पादन नदिने भइसकेको छन्। जिल्ला कृषि विकास कार्यालय गोरखाका अनुसार उक्त बगैंचा सुधार गर्न नसक्ने भएको छ। त्यहाँ पुराना बोट फ्याँकेर नयाँ विरुवा रोप्न सल्लाह कृषि कार्यालयले दिएको छ। 

‘यहाँको सुन्तला बगैंचामा उपचारले नभेट्ने भइसकेको छ’ कृषि कार्यालयका प्रमुख यमकुमार श्रेष्ठले भने, ‘सुन्तलाको विरुवा ३५ प्रतिशत रोगाएको र ६५ प्रतिशत स्वस्थ भए उपचार गरेर बगैंचा सुधार गर्न सकिन्छ । यहाँ त ६५ प्रतिशत भन्दा पनि धेरै संक्रमित छन।’ यस्तो अवस्थामा बगैचा रहेका बोट फ्याँकेर नयाँ विरुवा लगाउनु उत्तम रहने उनको सल्लाह छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.