|

गोरखा : प्रदेश ४ मा आइतबार (आज) मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको संसद् सचिवालयले जनाएको छ। आइतबार बिहान ११ बजेबाट सुरु भएको संसद् बैठकमा आर्थिक विधेयक प्रस्तुत गरिएको छ। उक्त विधेयक स्वीकृत भएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिने बताइएको छ। अहिले आर्थिक विधेयकमाथि छलफल चलिरहेको प्रदेश सरकारका प्रवत्ता उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

मुख्यमन्त्रीसहित प्रदेश चारको सरकारमा रहने सात मन्त्रीमध्ये एमालेले पाँच र माओवादीले चार मन्त्रालय लिने दुईपार्टीबीच  सहमति भइसकेको छ। एमालेको तर्फबाट अहिलेसम्म मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ र रामशरण बस्नेतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादीले पाएको दुई मन्त्रालयको भने जिम्मेवारी दिइसकिएको छ।

कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापा माओवादी केन्द्रको तर्फबाट मन्त्री भएका हुन्। गत शुक्रबार चलेको संसद् बैठकमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका मुख्यमन्त्री गुरुङलाई एमालेले आन्तरिक कारण देखाई नाम सिफारिस नगर्दा मन्त्री परिषद् विस्तार हुन सकेको थिएन।

मन्त्रीका लागि चन्द्रमोहन गौचन, विकास लम्साल, नरदेवी पुन, रोशन गाहा मगर, कृष्ण थापा र प्रभा कोइरालाको नाम चर्चामा छ। छ जनाबाट तीनवटा नाम टुंग्याउन एमालेलाई हम्मेहम्मे परेको एमाले स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.