|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब जनताले भाषण भन्दा पनि परिणाम खोजेको बताएका छन्। संसद्‍मा प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत राख्दै गर्दै अब काम सुशासनका लागि काम गर्ने समय आएको बताएका हुन्। उनले अब सरकारले परिणाम दिनुपर्ने बताउँदै जनताको हितमा काम गर्न सरकारलाई आग्रह गरे।

उनले भने,‘अब जनताहरु लक्ष्यदार र मार्मिक भाषण होइन सिधै एक्सन खोजेका छन्। त्यसैले परिणाम देखिने गरी काम गर्नुपर्छ। एक्सनले मात्र जनताको चाहाना पूरा हुन्छ।’ 
यस्तो अवस्थामा अब सरकार एक्सनमा उत्रनु पर्ने प्रचण्डको भनाइ थियो।  धेरै बलिदानपछिट नेपाल नयाँ मोडमा आएको र अब यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए। उनले भने,‘शन्तिप्रक्रियापछि नेपालमा १० जना प्रधानमन्त्री फरिएछन्। त्यो मध्ये ८ जनालाई त प्रत्यक्ष, अप्रत्यक्ष रूपमा मैले नै बनाए छु। तर यो पटक फरक अनुभव भएको छ।’

अहिलेसम्मको उपलब्धिलाई संस्थागत गर्ने बाटो तर्फ लागन् सचेत रहन प्रचण्डले प्रधानमन्त्री ओलीलाई सचेत गराए। अब देशमा अराजकता बेथिति र विकृति नभई समृद्धि आवश्यक रहेको प्रचण्डको भनाइ थियो। 

कैलालीमा बोक्सिाको आरोपमा कुटिएकी युवती र ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटनामा संलग्नलाई तत्काल कारबाही गर्न प्रचण्डले सरकारसँग आग्रह गरे। अबका दिनमा यस्ता घटना हुनसक्ने तर्फ सचेत गराउँदै उनले यसका लागि सरकारले परिणामुखी काम गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.