|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा आएदेखि मात्र विकृति नफैलिएको बताएका छन्। संसदमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले समाजको पछौटेपनका कारण यी घटनाहरू भइरहेको बताएका हुन्। उनले भने, ‘सरकार बनेको एक महिना भएको छैन। कतिपय साथीहरूले सबै विकृति यही सरकारले ल्याएको जस्तो गर्नुभएको छ। यो त समाजको पछौटेपनका कारण भएको हो।’ 

उनले कैलालीकी युवतीमाथि भएको दुर्व्यहारमा सरकारले कडा कदम चालिसकेको बताएका छन्। उनले भने, ‘हामीले यसमा आवश्यक निर्देशन दिइसक्यौँ। यसमा कसैले रुवाबासी गर्नुपर्ने अवस्था छैन।’ उनले यस घटनामा दोषीलाई कारवाही गर्न निर्देशन दिइसकेको पनि बताए। उनले भने, ‘हामीले छाडिएका दोषीलाई गिरफ्तार गर्न निर्देशन दिएका छौँ।’ 

उनले अब यो सरकारले मानवीयताविरोधी दण्डहीनता नसहने पनि बताए। उनले भने, ‘दरबारमार्गको बलात्कारको घटना, ललितपुरमा भएको बलात्कारको घटनामा मध्यस्थको काम भएको छ। अब त्यस्ताघटनामा कडाइका साथ काम गर्छ यो सरकारले।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.