|

काठमाडौं :  सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ।

संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ। तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिव राख्ने तयारी सरकारले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिनहुँजसो भएको बैठकमा तत्काल ९ महाशाखा राख्ने गरी प्रारम्भिक प्रतिवेदन तयार भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकमा शिक्षा मन्त्रालयले प्रारम्भिक प्रतिवेदन तयार गरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले दिनहुँजासे बैठक भएपनि अहिलेसम्म टुंगो नलागेको जनाकरी दिए। तर, प्रारम्भिक रुपमा खाका तयार गरी प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्का् कार्यालयमा पेश गरेको जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.