|

काठमाडौं : राष्ट्रपतिको निर्वाचनका लागि संघीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङको मतपत्रमा मतदान गर्ने भएका छन्। फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकिएको छ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद्को भवन परिसरमा मंगलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म निर्वाचन हुँदैछ। प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाए।

संघीय संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्यले मताधिकार प्रयोग गर्न पाउनेछन्। सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यले पनि मतदान गर्न पाउनेछन्। संघीय संसद्का सदस्यले हरियो र प्रदेशका सांसद्ले रातो रंगको मतपत्र पाउनेछन्। संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ।

आयोगका अनुसार मतगणना सुरु भएको तीनदेखि चार घण्टासम्ममा परिणाम सार्वजनिक हुनेछ। केन्द्र र प्रदेशका सदस्यले अलग अलग रूपमा मतदान गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.