|

काठमाडौं : चालू आर्थिक वर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ।  विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भइरहेको सकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीषकमा खर्च कटौती गर्ने भएका हाे।  अर्थ मन्त्रालयले इन्धन, मर्मत, कार्यालय समाग्री, सेवा तथा परामर्श र भ्रमणलगायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ। 

तलबभत्ता, पानी बिजुली, सञ्चार महसुल, घरभाडा, बिमा, खाद्यान्न, औषधिजस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र रकामन्तर नगर्ने अर्थको तयारी छ। ‘अहिलेकै अवस्थामा सरकारलाई स्रोत जुटाउन निकै कठिन छ’ अर्थमसचिव शैकरप्रसाद अधिकारीले भने ‘बजेट कार्यान्वयन र खर्च व्यवस्थापनका लागि अहिले हुँदै आएको चालू खर्चमा कटौती गर्नुपर्ने देखिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.