|
प्रतीकात्मक फोटोः alfabets.in

काठमाडौं : मुद्दाको चाप हुने भएकाले सरकारले सात प्रदेशका उच्च अदालतको इजलास विभिन्न जिल्लामा तोकेको छ। प्रदेश नम्बर १ को इलाममा रहने इजलासले झापा, पाँचथर र ताप्लेजुङ हेर्नेछ।

यस्तै धनकुटामा रहने इजलासले तेह्रथुम, भोजपुर र संखुवासभाका मुद्दा हेर्नेछ। ओखलढुंगामा रहने इजलासले सोलुखुम्बु खोटाङ र उदयपुर हेर्ने प्रवक्ता कार्कीले जनाएको छ।

यस्तै प्रदेश नम्बर २ को जनकपुरमा रहेको उच्च अदालतले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप हेर्नेछ। यस्तै वीरगञ्जमा रहने इजलासले रौतहट बारा र पर्सा हेर्नेछ।

प्रदेश नम्बर ३ को पाटनमा रहने उच्च अदालतले दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ भक्तपुर, ललितपुर, काठमाडौं र नुवाकोट हेर्नेछ। यस्तै हेटौंडामा रहने इजलासले चितवन र मकवानपुरको मुद्दा हेर्नेछ।

प्रदेश नम्बर ४ को पोखरामा रहेने उच्च अदालतले गोरखा, लमजुङ, तनहुँ कास्की, स्याङजा र मनाङका मुद्दा हेर्नेछ। यस्तै बागलुङमा रहने इजालसले पर्वत, म्याग्दी र मुस्ताङका मुद्दा फर्स्यौट गर्नेछ।

प्रदेश नम्बर ५ को तुलसीपुरमा रहने उच्च अदालतले रुकुम, रोल्पा, प्यूठान र दाङ हेर्नेछ। यस्तै बुटवलमा रहने इजलासले नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीका मुद्दा फर्स्यौट गर्नेछ। यस्तै नेपालगञ्जमा रहने अर्को इजलासले बाँके र बर्दिया हेर्नेछ।

प्रदेश नम्बर ६ को सुर्खेतमा रहने उच्च अदालतले जाजरकोट र दैलेख हेर्नेछ भने जुम्लामा रहने इजालसले डोल्पा, कालिकोट , हुम्ला र मुगुका मुद्दा फर्स्यौट गर्नेछ।

यस्तै प्रदेश ७ को दिपायलमा रहने उच्च अदालतले अछाम, डोटी, बाजुरा, कैलाली र बझाङका मुद्दा हेर्नेछ।

महेन्द्रनगरमा रहने इजालसले कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुराका मुद्दा फर्स्यौट गर्नेछ।

यो पनि हेर्नुहोस्ः सात प्रदेशमा कहाँ रहनेछन् उच्च अदालत? सरकारले तोक्यो स्थान

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.