|

काभ्रेपलाञ्चोक : रोशी गाउँपालिकाले ज्येष्ठ नागरिकको घरघरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधि र दुई हजार रुपैयाँ समेत वितरण गरेको छ।

स्वास्थ्य सेवा लागि डा. हिमाल थापा मगर र डा. दिलबहादुर लामाको नेतृत्वमा स्वास्थ्य टोली खटिएको गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए। आइतबारबाट सुरु भएको अभियान वडा नम्बर १२ मा डा. हिमाल थापा मगरको र वडा नम्बर १ मा लामाको टोली रहेको खटिएको छ।

आइतबार वडा नम्बर १२ का केराबारीमा २२ जना र वडा नम्बर १ खहरेपाँगुमा ५६ जनाको परीक्षण गरिएको छ। गाउँपालिकामा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या एक हजार ७१८ जना रहेको छ। उनीहरूलाई घरघरमा पुगी स्वास्थ्य परीक्षण गर्न करिव १५ दिन लाग्ने प्रशासकीय अधिकृत आचार्यले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.