|
फाइल फोटो

काठमाडौं : सरकारले निर्यात प्रवर्द्धनको नाममा निर्यातमा दिने सहुलियत परिमार्जन गर्ने भएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले देशमा उत्पादित सामाग्री विदेशी बजारमा पुर्‍याउनको लागि निर्यतमा दिइदै आएको सहुलियत परिमार्जन गर्न थालिएको जानकारी गराएका हुन्। 

उनले अहिलेको सहुलियत दिने ढाँचाबाट नेपालमै उत्पादन नहुने बस्तुमा समेत आयत गरेर निर्यातको सुविधा खोजिएको भन्दै परिमार्जन गर्न थालिएको बताएका हुन्। 'हामीले निर्यातको लागि भन्दै सहुलियत त दिदै आएका छौँ तर यसलाई परिमार्जन गर्न नसक्दा सहुलियतको लागि आयत गरे निर्यात गर्ने प्रवृत्ती छ त्यसैले सहुलियतमा परिमार्जन गरिनेछ' सोमबार नेपाल घरेलु तथा साना उद्योग महासंघको कार्यक्रममा खतिवडाले भने। 

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउने बताउँदै काममा रिक्स लिने वा नलिने भन्ने छुट निजी क्षेत्रमा हुने बताए। सरकारले जोखिम लिने हैन निजी क्षेत्रको लागि वातवरण बनाउनै हो जोखिम कति लिने र बेनिफिट उठाउने भन्ने जिम्ममा निजी क्षेत्रको हो' खतिवडाले भने। विकासमा समावेशीको लागि नागरिक उत्पादन र उत्पादनशिल हुनु पर्ने आवश्‍यकता रहेको कारण सरकार र निजी क्षेत्र सहकार्य गरेर काम गर्नु पर्ने मन्त्री खतिवडाको भनाई थियो।

निजी क्षेत्रका प्रतिनिधिमुल संस्था नेपाल उलोग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श र नेपाल उद्योग परिसंघका प्रतिनिधिले लामो समयदेखि देशमा राजनीतिक अस्थिरता पछि स्थायी सरकार आएको अवस्थामा निजी क्षेत्र उत्साहित रहेको प्रतिक्रिया दिए। उनीहरुले यो सरकारले लिने निती पर्खेर बसेको भन्दै त्यसपछि लगानी वृद्धी गरिनेसमेत बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.