|

बुटवल : बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा ४–३ गोल अन्तरको जीत निकाल्दै थ्री स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। थ्री स्टारसँग पराजित भएको फ्रेन्ड्स क्लब प्रतियोगिताबाट बाहिरिएको छ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा निर्धारित समयमा दुवै पक्षबाट २-२ गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो। ट्राइब्रेकरमा थ्री स्टारका चार खेलाडीले गोल गर्दा फ्रेन्ड्सका तीन जनाले मात्रै गोल गर्न सके। यसअघि थ्री स्टारका लागि विदेशी खेलाडी अजेई मार्टिन र सुसन श्रेष्ठले दुई गोल गरेका थिए। खेलको पहिलो हाफको पाँचौँ मिनेटमा फ्रेन्ड्सका लागि विदेशी खेलाडी जेनल ग्लोरीले सुन्दर गोल गर्दै खाता खोलेका थिए।  

फ्रेन्ड्सका कुलदीप कार्कीले फल गरेपछि खेलको २१औँ मिनेटमा निरज बस्नेतको फ्रि किकलाई अजेईले गोलमा परिणत गर्दै १-१ गोलको बराबरीमा ल्याएका थिए।  
दोस्रो हाफको तेस्रो मिनेटमा थ्री स्टारका सुसन श्रेष्ठले रिवाउन्स बललाई सुन्दर गोलमा परिणत गरिदिएका थिए भने दोस्रो हाफको ४०औँ मिनेटमा वर्षात गुरुङको कर्नरलाई विदेशी खेलाडी सायलाले गोलमा परिणत गरिदिएका थिए। 

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने थ्री स्टारका गोलरक्षक ऐलन न्यौपाने म्यान अफ द म्याच भए। मंगलबार अन्तिम क्वार्टरफाइनल खेल तेस्रो झापा गोल्डकपको विजेता नेपाल आर्मी र मनाङ मर्स्याङ्दी क्लबबीच हुने आयोजक रूपन्देही फुटबल संघका अध्यक्ष कुमार केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.