|

इलाम :  नेपालमा ‘दुईमात्र सन्ता, ईश्वरको बरदान’ भन्ने मान्यता स्थापित छ। राज्यले यसैअनुसार नीति तथा कार्यक्रम लागू गर्दै आएको पनि छ।

तर, पूर्वी नेपालको इलाम नगरपालिका भने जनसंख्या बढाउन प्रोत्साहन भत्तासहित अगाडि बढेको छ।  नगरपालिकाले जनसंख्या वृद्धिको उदेश्य भने फरक छ– उपमहानगरपालिकामा स्तरोन्नति गर्नु। 

नगरपालिकाले धेरै सन्तान उत्पादन गर्दा सुत्केरीलाई पोषण प्रोत्सहन भत्ता  भने दिने नै नितीसार्वजनिक गरेको छ।  आगामी २० वर्षभित्र उपमहानगरिपालिमा स्तरोन्ती गर्ने उद्देश्य सहित नगरको जनसंख्या बढाउन धेरै सन्तान उत्पादन गर्दा सुत्केरीलई पोषण भत्ता निति अघि सारेको हो। नगर कायपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण भत्ताको सुविधामा परिमार्जन गरेको जनाइएको छ। 

नगरपालिका भित्र दोस्रोपटक बच्च जन्माउनेलाई २ हजार तेस्रो बाँ जन्माउनेलाई तीन हजर र चौथो बच्च जन्माउनेलाई ४ हजार रपाँचौपटक वा सो भन्दा बढी बच्च जन्माउने सुत्केरीलाई ५ हजाररुपैयँ पोषण भत्ता दिने निर्णय गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.