|

काठमाडौं : नेपाली आकाशमा सोमबार फेरि एक दुःखद दुर्घटना भयो। बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बंगला विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको समाचार बंगलादेशका सञ्चार माध्यमहरुले पनि प्राथमिकता साथ दिएका छन । 

दुर्घटनामा ६७ यात्रु र विमानका ४ कर्मचारी परेका थिए। विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भइसकेको छ भने अन्य २२ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहको छ। 

बंगलादेशबाट प्रकाशित ढाका ट्रिव्यूनले विमान दुर्घटनामा बंगलादेशको राजिव राबिया मेडिकल कलेजलाई उदृत गर्दै सो कलेजमा अध्ययनरत ११ नेपाली विद्यार्थीको ज्यान गएको जनाएको छ। जसमा एल्जिना बराल, चारु बराल, पुर्णिमा लोवानी, मिली महर्जन, नेगा महर्जन, सञ्जय महर्जन, संजय पौडेल आश्ना शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेको कलेजद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको बंगलादेशी सञ्चारमाध्यमले उल्लेख गरिएको छ । 

जसमा २ विद्यार्थीको जिवितै उद्दार गरिएको समेत उल्लेख गरिएको छ। दुर्घटनाबाट बाँचेका विद्यार्थीहरुमा समिरा व्यन्जनकार र प्रिन्सी धामी रहेका छन्।आफ्ना विद्यार्थीहरुको देहावसान भएकोमा सो कलेजले तीनदिन शोक मनाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.