|

सल्यान : भेरी नदीमा नुहाउन गएका एक जनाको डुबेर मृत्यु भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका राकम नजिकै मंगलबार दिउँसो नुहाउन भएका एक व्यक्तिको भेरी नदीमा डुबेर मृत्यु भएको हो। 

मृत्यु हुनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका- ४ विद्यापुरका २० वर्षका खगेन्द्र वैयक रहेको इलाका प्रहरी कार्यालय वादेपिपल राकमले जानकारी दिएको छ। 
दिउँसो १२ बजेतिर खाना खाएर भेरी नदीमा नुहाउन गएका वैयक नदीमा डुबेका थिए। उनलाई स्थानीयले अचेत अवस्थामा उद्धार गरेका थिए। उपचारका लागि मेहलकुना पुर्‍याउँदा मेहलकुना अस्पतालले उनको पहिले नै मुत्यु भइसकेको घोषणा गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.