|

काठमाडौं :  संघीय संरचनामा द्रुततर आर्थिक विकास र गरिबी निवारणका लागि नेपालले विद्यमान विकासको मोडल परिवर्तन गर्न विश्व बैंकले सुझाव दिएको छ।

बैंकले मंगलबार ‘सिस्टमेटिक कन्ट्री आइग्नोस्टिक २०१८’ प्रतिवेदन सार्वजनिक गर्दै शक्ति सन्तुलन तथा अवसरको असमानताका कारण स्रोतको उपयोग हुन नसकेको र प्राकृतिक विपत्तिको अवस्थामा सामाजिक सुरक्षाको अवस्था कमजोर रहेकोले पनि मोडल परिवर्तन गर्नुपर्ने तर्क प्रस्तुत गरेको हो। अर्थ मन्त्रालयका सचिव शकरप्रसाद अधिकारले एक कार्यक्रमका बीच उत्तः प्रतिवेदन सार्वजनिक गरेका हुन्। 

प्रतिवेदनमा विश्व बैंकले अहिलेकै दरमा प्रतिव्यक्ति आम्दानी सन् २०३० सम्म ९५८ डलरमात्र पुग्ने तथ्य प्रस्तुत गरेको छ। न्युन  आम्दानी भएका देशका हैसियतले नेपालका लागि द्रुत दरकाे आर्थिक वृद्धि आवश्यक पर्ने उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.