|

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुली उमेरहदका कारण पदमुक्त भएका छन्।

न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले सचिवस्तरीय निर्णय मार्फत प्रधानन्यायाधीश पराजुली पदबाट मुक्त भएको जानकारी बुधबार गराएका हुन्। 

न्यायपरिषद् ऐन २०७३ को दफा ३१ बमोजिम पराजुली २०७४ साल साउन २१ गते नै ६५ वर्ष उमेर पूरा भइसकेको हुनाले उनलाई पदमुक्त गरेको जनाइएको छ। 

पराजुलीको न्यायपरिषद् सचिवालमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट बुधबार नै प्राप्त भएको पत्रको आधारमा ऐन बमोजिम उमेरहद गत साउन २१ गते नै पूरा भएकाले पदमुक्त गरेको न्यायपरिषद् सचिवालयले जनाएको छ। 

पराजुली पदमुक्त भएको निर्णयको जानकारी राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्का सदस्यसहित अन्य सम्बन्धित निकायलाई बोधार्थ पठाइएको बताइएको छ। 

पराजुली पदमुक्त भएपछि प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी नियुक्त हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.