|

बारा : बारा सिम्रौनगढमा घाँटी रेटेर हत्या गरेको अभियोगमा एक जना भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बारा प्रहरीले भारत विहार पूर्वीचम्पारण सिरहा ग्राम पञ्चायत-१२ सिरहाका बिरा माझीका छोरा २९ वर्षीय अजय माझीको हत्या अभियोगमा सोही गाँउका २० वर्षीय अवधेशकुमार माझीलाई प्रहरीले सार्वजनिक गरेको हो।

हत्या गरि फरार रहेका अवधेशलाई प्रहरीले सिम्रौनगढ-९ अरुवा खोला किनारबाट पक्राउ  गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवत्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।

गत फागुन २५ मा सिम्रौनगढस्थित ताहिद मियाँ अन्सारीको गहुँ खेतमा बीभत्स अवस्थामा अजयको शव फेला परेको थियो। शव पहिचान भएसँगै अनुसन्धानअघि बढाइएको थियो।  अवधेशकुमारलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको प्रहरीले प्रहरीले जनाएको छ।

योजनावद्ध ढंगले मादक पदार्थ सेवन गराई सीमावर्ती नेपाल ल्याएर अजयको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। ‘ब्यक्तिगत रिसइबीको कारण हत्या भएको देखिन्छ’, प्रवक्ता साहले भने, ‘फलामको दाबले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो।’ पक्राउ परेका माझीलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

सीमामा आपराधिक गतिविधि बढ्दै

नेपालसँग सीमाना जोडिएका बिहार राज्यको आपराधिक गतिविधि नेपालको भूमीको प्रयोग भएको पाइएको छ। गत फागुन ४ गते भारतको बिहार रक्सौलका २२ वर्षीय मनीषकुमार नारायणको पनि नेपालमा ल्याएर हत्या गरिएको थियो। उनको शव बाराको परवानिपुर गाउँपालिका-५ बहुवरी टोलस्थित पूर्व–पश्चिम गण्डक नहरको सडक किनारमा फेला परेको थियो।

यसअघि अपराधनमा संलग्न भारतीय नागिरक नेपालको खुला सीमानाको फाइदा उठाउँदै अपराध लुकाउन नेपाली भूमीको प्रयोग गर्दै आएका छन्। बिहार सरकारले मादक पदार्थ सेवन बन्द गरेपछि नेपालका सीमावर्ती सहरमा आपराधिक गतिविधि बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.