|

चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित हरिहर मन्दिर चोकमा बुधबार साँझ बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको बा३ख २३५४ नम्बरको बसले रत्ननगर-१ का ७४ वर्षीय रेशमबहादुर कार्कीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई भरतपुर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। बसको ठक्करबाट अन्य चार जना पैदलयात्रीसमेत घाइते भएका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ढकालले जनकारी दिए। ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.