काठमाडौं : गायक एवं सञ्चारकर्मी सुरज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘धेरै पछि’ बोलको गीतमा चिरञ्जीवी भण्डारी संगीत रहेको छ। शंकरदेव कंडेलको शब्द समावेश गीतलाई सञ्जिव कराइलीले एरेन्ज गरेका हुन्।
सरोज श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोमा पुष्पराज सखा र रेश्मा लामाको अभिनय रहेको छ। भिडियो विशाल प्रजापतीले खिचेका छन्। यो गीत गायक पौडेलको नयाँ गीती एल्बम ‘मन को खुशी’मा समावेश छ।
भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।