|

काठमाडौं : गौशालास्थित एक होटलमा गोली चलेको छ। गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको हो।

गोली चलेको थाहा पाएपछि बुधबार राति उक्त होटल पुगेको काठमाडौं प्रहरी परिसरको टोलीले होटलबाट गुन्डा नाइकेका रुपमा चिनिएका गणेश लामालाई पक्राउ गरेको छ। 

लामा होटलबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। लामालाई लक्षित गरेर कसैले गोली प्रहार गरेको भएपनि कसैलाई गोली नलागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको पोखरेलले जानकारी दिए। लामाले आफूलाई लक्षित गरेर दुई जनाले गोली हानेर भागेको बताएको प्रहरीको भनाइ छ।

लामाको साथबाट एक पेस्तोल र ६  राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। 

लामा गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा 'ख'बाट नेपाली कांग्रेसको टिकटमा चुनाव लडेका थिए। तर उनी एमालेका चन्द्र लामासँग पराजित भए। उनीविरुद्ध अकुत सम्पती कमाएको, फिरौती र ज्यान मार्ने उद्योग लगायतका मुद्दामा चलेका थिए।

त्यसपछि उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक हुँदै नेपाली कांग्रेस प्रवेश गरेका थिए।

प्रहरीले गुन्डाहरूविरुद्ध पछिल्लो समय कडा कारबाही गर्दै आएको छ। जसअनुसार केही गुन्डा इन्काउन्टरमा मारिएका छन् भने केहीलाई जेल चलान गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.