|

काठमाडौं : सरकारी ढिलासुस्तीका कारण हवाई यात्रुको बिमा रकम ६ दशकसम्म वृद्धि हुन सकेको छैन। यसले हवाई दुर्घटनामा परेका मृतकका आफन्तले अन्य मुलुकबराबर पाउनुपर्ने बिमा रकमको थोरै अंशमात्र पाउने गरेका छन्।

यसबाट बिमान दुर्घटनाका मृतक परिवारले बिमा रकमबापत अन्तर्राष्ट्रिय मापदण्डभन्दा झण्डै ६ गुणा कममात्र पाउनेछन्। सोमबार दुर्घटनामा परेको यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेका मृतकहरुको परिवारले पुनर्बिमा कम्पनीबाट प्रतिव्यक्ति २० हजार डलरमात्र पाउने छन्।

जबकि एउटा अन्तर्राष्ट्रिय अभिसन्धि संसदबाट बेलैमा पास गरिदिएको भए प्रतिपरिवार १ लाख १३ हजजार डलरसम्म पाउने थिए। दुर्घटनामा हालसम्म ५१ जनाको मृत्यु भएको छ।  बंगलादेश  नेपाल दुवै राष्ट्र सन १९९९ मा क्यानडा मा भएको मोन्ट्रेयल कन्भेन्समा प्रतिबद्धता गरे पनि हालसम्म संसदबाट अनुमोदन नगर्दा बिमा रकम थोरै पाउने भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.