|

रौतहट : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यूएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको सम्झनामा बुधवार साँझ रौतहट गौरको बीपीचोकमा दीप प्रज्ज्वलन गरिएको छ।

कार्यक्रममा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति माैनधारण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको हो। दुर्घटनामा परी घाइते भएकाको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

सहभागीहरूले दुर्घटनामा परी चिकित्सकको अध्ययन पूरा गरेका विद्यार्थीको मृत्यु भएकामा चिन्ता व्यक्त गर्दै त्यसबाट भएको मानवीय क्षतिले मुलुकको अपूरणीय क्षति भएको बताए। उनले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे।

दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा नेता, शिक्षक, विद्यार्थीलगायत सर्वसfधारणको उपस्थिति थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.