|

गोरखा : दक्षिण कोरियाका नागरिक क्वाङ सिक चोङ बारपाकको भीरबाट खसेर घाइते भएका छन्। भगवती प्राथमिक विद्यालय भवन निर्माणको क्रममा बारपाक आएका इन्जिनियर क्वाङ सिक चोङ बिहीबार दिउँसो सवा १२ बजे मान्द्रे र स्नानकोबीचको भीरबाट लडेर घाइते भएका हुन्। उनको टाउकोमा गहिरो चोट लागेको छ भने हात भाँचिएको विद्यालयका शिक्षक गौतम गुरुङले जानकारी दिए। 

भगवती प्रावि दक्षिण कोरियाको अम हङ्गिल ह्युमन फाउण्डेशन नामक संस्थाको सहयोगमा पुननिर्माण भइरहेको छ। उक्त संस्थाका कन्ट्री डाइरेक्टरसमेत रहेका उनी आगामी आइतबार हुने विद्यालय भवन उद्घाटनको अन्तिम तयारीका लागि बारपाक आएको शिक्षक गुरुङले बताए। घाइते क्वाङ सिक चोङको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लगिएको शिक्षक गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.