|

काठमाडौं : गुन्डा नाइकेका रूपमा चिनिएका काभ्रेपालान्चोक रोसी गाउँपालिका- १ का गणेश लामालाई महानगरीय प्रहरी परिसर काठमडौंले १० दिन म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ। लामाको साथबाट प्रहरीले बुधबार राती चाइनिज अटोमेटिक टाइप ५२ नामको पेस्तोल र छ थान गोली बरामद गरेको थियो।

लामाले प्रहरीसँगको प्रारम्भिक बयानमा दुई जना अपरिचित व्याक्तिले आफूमाथि गोली प्रहार गरेको र आफूले पेस्तोल खोसेको बयान दिएका छन्।

तर प्रहरीले लामाकै साथबाट पेस्तोल बरामद गरेकाले थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतबाट १० दिन म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए।

लामालाई प्रहरीले बुधबार गौशालास्थित पशुपति भिजन होटलबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीले प्रयोग गर्दैअाएको कम्पनीको पेस्तोल लामाबाट बरामद भएपछि प्रहरी चकित परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.