|

रामेछाप : गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ।

बुधबार साँझ माटोको ढिस्कोले पुरिएर सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका घर भएका इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्चि नगरपालिका- ११ का राजु दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजकुमार थापाका अनुसार लिखु हाइड्रो पावर र स्थानीयको लगानीमा खनिएको सिवालय बाम्ति सडकको बाटो नाप्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनीहरू पुरिएका थिए।

घटनास्थलबाट प्रहरी चौकी तथा हाइड्रो पावर समेत टाढा भएको कारण र दुर्गम भएको कारण उनीहरूको उद्धार गर्न आधा घण्टापछि मात्र उद्धार टोली घटनास्थलमा पुगेको थियो। प्रहरी चौकी शिवालयबाट पुगेको प्रहरी टोली र हाइड्रो पावरका कर्मचारी तथा स्थानीय समेतको मद्दतमा उनीहरूको शव पुरिएको ठाउँबाट निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली ल्याईएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.