|

काठमाडौं : जिम्बाबेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ।

अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट 'ए' मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ। चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ। यसबीच अाईसीसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ ।

तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्याण्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन। 

किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन् । नेपाल एसोसिएटका तर्फबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ। त्यसैले, अस्ट्रेलिया तथा भारतजस्ता टेस्ट मान्यताप्राप्त टिमसँग एकदिवसीय क्रिकेट खेल्न पनि अाईसीसी र सम्बन्धित बोर्डको स्वीकृति पाउनुपर्छ।

एसिया कपमा भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीसँग सिधै प्रतिस्पर्धा हुनेछ। एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रूपमा नेपालले अाईसीसीबाट अब प्रतिवर्ष ७ देखि ८ करोड रुपैयाँ प्राप्त गर्नेछ।

यो रकम क्रिकेटका स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.