|

गुल्मी : जिल्ला कारागार गुल्मीमा २५ जनाको क्षमता रहेको कारागार भवनमा ६५ जना कैदी राखिएका छन्। जसमध्ये ५५ जना पुरुष ६ जना महिला  र १ जना ३ वर्षीय बालक रहेको जेलर गोपालप्रसाद पाण्डेले जानकारी  दिए।

पाण्डेका अनुसार २० वर्षदेखि ३० वर्ष उमेर समूहका कैदीहरु रहेको र अधिकांश जबरजस्तीकरणी अन्तर्गतका छन्। अहिले कारागारमा खानेपानीको समस्या रहेको तर वर्षायाममा कारागारभित्रै मूल फुटेको जस्तो हुने गरेकाले पनि समस्या आउने गरेको पाण्डेले बताए।

२५ जनाको क्षमता रहेको ‘ङ’ वर्गको कारागार भए पनि २ वर्ष पहिले १०० जनासम्म पनि कैदीहरु राखेको पाण्डेले जानकारी दिए। ‘के गर्ने जसरी राख्नुपर्ने बाध्यता छ,’ पाण्डेले भने।

कारागारमा रहेका कैदीबन्दीहरुले मुढा,  सल बुन्ने गरेको र उत्पादित साम्रगीहरु बिक्रीमा समस्या नभएको समेत पाण्डेले दाबी गरे। कहिलेकाहीँ बजारमा रिङ र धागो नपाइने गरेको स्मरण गराउँदै पाण्डेले भने त्यसको लागि पनि व्यापारीहरुसँग समन्वय गर्दै आएको बताए।

अन्य कारागारहरुमा उत्पादित सामानहरुको उचित बजारीकरण नपाएको गुनासो आउँछन् तर गुल्मीमा भने उत्पादित सामानको समस्या नरहेको र एकपटक सामान लगेका व्याक्तिहरु पुनः आउने गरेको समेत पाण्डेले दाबी गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.