|

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको नेपाली कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ।

संविधानसभाको दोस्रो निर्वाचनबाट संसदको पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्नभिन्न हुँदा राज्यका महत्त्पूर्ण पदहरुसमेत गुमाउन पुगको छ। आन्तरिक रुपमा बलियो हुनुपर्ने अवस्थामा समेत कांग्रेसले देखाउने प्रतिपक्षीको भूमिका समेत कमजोर हुने हो कि भन्ने आशंका बढ्न थालेको छ।

मलुकमा प्रजातन्त्र स्थापनादेखि राणा शासनको अन्त्य र राजतन्त्रको अन्त्य हुँदै गणतन्त्रको प्रारम्भसम्मको अनुभव प्राप्त कांग्रेस संविधान जारी गर्दै मियोको भूमिकामा रहँदा समेत पछिल्लो निर्वाचनको परिणामपछि संसदमा एक चौथाइको स्थानमा खुम्चिन पुगेको हो।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइमा नेतृत्वमा विचारप्रतिको दर्शन, संगठन र नेतृत्व हाँक्ने क्षमता क्षीण हुँदा निर्वाचनमा कमजोर भएको कांग्रेस प्रतिपक्षमा समेत कमजोर हुने अवस्था देखिन्छ। उनले आन्तरिक गुट उपगुटका काण पछिल्लो समय प्रतिपक्षमा रहँदा समेत कांग्रेसप्रतिको चिन्ता र चासो झन बढेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.