|

बुटवल : २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन्। 

चारपटक तिलोत्तमा गोल्डकप जितेको पुलिस यो सिजनमा थ्रीस्टारसँग तेस्रोपटक भिड्न लागेको हो। आयोजक रुपन्देही ११ लाई हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको पुलिस पाँचौ पटक उपाधि जित्ने दाउमा छ। यस्तै सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो। 

रूपन्देही फुटबल संघको आयोजनामा बुटवल देवीनगरस्थित एन्फा खेल मैदानमा यी दुई टिमको प्रतिस्पर्धा दिउँसो ३ बजे शुरु हुनेछ। थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले नेपाल पुलिस पनि सशक्त टिम भएकाले फाइनलमा कडा प्रतिस्पर्धा हुने धारणा राखे।

नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले फाइनल खेलमा ५०\ ५० को अवसर भएको बताउँदै टिम राम्रो रहेको र प्रतियोगिता आफ्नो पोल्टामा आउनेमा विश्वस्त रहेको बताए।

गोल्डकपको विजेताले सात लाख ७७ हजार ७ सय ७७  रुपैया र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.