|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्वसांसद मञ्चका पदाधिकारीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘सरकारको भ्रष्टाचार न्यूनिकरण गर्ने, निर्मूल गर्ने नीति छ’, प्रधानमन्त्री ओलीले भने ‘राजनीतिक आडमा, शक्तिका आडमा कसैले पनि कानुन विपरीत काम गरेको सरकारलाई सैह्य हुदैन।’ प्रधानमन्त्री ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्वसांसदहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै ‘सुखी नेपाली,समृद्ध नेपालको’ चाहना पूरा गर्न पूर्वसांसदहरूको अनुभव काम लाग्ने  बताए।

‘पूर्व  सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो', ओलीले भने ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरूको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशा निर्देश गर्न सक्छ।’

नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरूले खेल्न सक्ने भएकोले राष्ट्रिय एकताको भावना बलियो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। सिरिया र रुवाण्डाको  द्वन्द्वको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरू सबैतिर सक्रिय रहने हुनाले उनीहरू द्वन्द्वका विभिन्न रूप देखाएर त्यसको उद्योग चलाउने गरेको बताए। नेपालमा पनि जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरूले त्यसलाई अस्विकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभूति जनताले पाउनुपर्ने प्रधानमन्त्री ओलीको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.