|

काठमाडौं : एक मात्र उम्मेदवारी परेपछि  निर्वाचन आयोगले उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा अाइतबार गर्दैछ। उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न दिइएको समयमा वाम गठबन्धनका पुनको मात्रै उम्मेदवारी परेको थियो।

यही चैत ९ गते मतदान गर्ने कार्यतालिका रहे पनि उनीविरुद्ध कसैले पनि उम्मेदवारी नदिएका कारण निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको अायोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। पुनलाई निर्वाचित भएको प्रमाणपत्र अाइतबार नै दिइने ढकालले बताए। 

अघिल्लो कार्यकालमा पनि उनी उपराष्ट्रपति थिए। राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिएकी र पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निभाएकोर्वाह गरेको भन्दै वाम गठबन्धनले उनलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको हाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.