|

चितवन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

सभापति देउवाले न्यायालयमाथि हुने हस्तक्षेप कांग्रेसलाई सैह्य नहुने चेतावनी दिएका छन्। उनले गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशबाट पदमुक्त गरेकोतर्फ संकेत गर्दै न्यायालयमाथिको हस्तक्षेप सैह्य नहुने बताएका हुन्।

आइतबार चितवनको रत्ननगरमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियनको सातौँ महाधिवेशन उदघाटन गर्दै सभापति देउवाले सरकारलाई दुई तिहाईको दम्भ देखाउने काम नगर्न पनि सचेत गरए।

सभापति देउवाले न्यायालय र कर्मचारी तन्त्रलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा समेत जोड दिए।

सभापति देउवाले सरकार दम्भका साथ अघि बढे डटेर सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.