|

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्रा जारी राख्दै उपाधि होड थप कसिलो बनाएको छ। बार्सिलोना स्टार मेसीले २५ औं ला लिगा गोल पुरा गरेको खेलमा बार्सिलोना उपाधि भन्दा अब केहि खेलमात्र टाढा रहेको छ।

आइतबार भएको खेलमा एथलेटिको क्लबलाई २-० ले पराजित गरेपछि बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको हो। बार्सिलोनाको जितमा स्टार स्ट्राइकर लियोनेल मेसीको एक तथा अर्को एक गोल पाको अल्कसारको नाममा रह्यो। लुइस स्वारेजको स्थानमा मैदानमा छिरेका अल्कसारले आकर्षक गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउने क्रममा अल्कासरले जोर्डि अल्बाको पासलाई ८ औं मिनेटमानै सदुपयोग गर्न सफल भएका थिए। लगतै पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा मेसीले डेम्बेलेको पासलाई सदुपयोग गर्दे बार्सिलोनालाई दुई गोलको अग्रता दिलाए। पहिलो हाफमा लिएको उक्त अग्रतानै अन्तिम सम्म कायम रहँदा बार्सिलोनाको कीर्तिमानी अपराजित यात्रा जारी रहन सकेको छ।

बार्सिलोनाले अधिकासं समय खेल आफ्नो पकडमा पारेपनि गोल गर्न सकेन्। फिलिप कोउन्टीन्होका दुईवटा प्रहार क्रसबारमा लागेर बाहिरिंदा पाउलिन्होको एउटा प्रहार पोलमा लागेर बाहिरियो। जितसँगै बार्सिलोनाले केहि समयका लागि भएपनि लिगमा ११ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ।

आफ्नो इतिहासमा सर्वाधिक लोमो समय सम्म अपराजित रहन सफल बार्सिलोना २९ खेलको समाप्तीमा अपराजित रहँदै ७५ अंक जोड्न सफल भएको छ। ला लिगा इतिहासमा १९७९-८० मा रियल सोसिडा सर्वाधिक धेरै ३२ खेल सम्म अपराजित रहेको थियो। बार्सिलोना यसअघिनै कोपा डेल रेको फाइनलमा पुगेको छ । उपाधिका लागि बार्सिलोनाले सेभिल्ला विरुद्ध २१ अप्रिलमा प्रतिष्पर्धा गर्ने छ। साथै २५ औं ला लिगा उपाधि नजिक पनि बार्सिलोना पुगेको छ। मेसीले ला लिगामा २५ गोल पुरा पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.