|

अर्घाखाँची : सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले अर्घाखाँची छत्रदेव गाउँपालिकाले सार्थक रुप लिएको छ। निःशुल्क रुपमा स्वास्थ्य परीक्षण औषधि र हातहातमा रुपैयासम्म पाएपछि स्थानीय बृद्धबृद्धा दङ्ग परेका छन्।

सामाजिक सुरक्षा भत्तासँगै चेकजाँच गरी निःशुल्क औषधि पाएपछि अघौखाँचीको छत्रदेव गाउापालिकाका स्थानीय खुशी भएका छन्। वृद्धवृदा तथा अपाङ्गलाई दिइने सामाजिक सुरक्षा भत्ता र नि:शुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरीगाँउपालिकाले आफ्ना आठ वटै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको छत्रदेव गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले पछाडि परेका गरिब निमुखा जनतालाई स्वास्थ्यको पहुँचमा ल्इाउन यो निशुल्क शिविर सञ्चालनगरेको बताए।

स्थानीय निर्वाचन सम्पन्न भएपछि अन्य गाँउपालिका र नगरपालिकाले भन्दा फरक तर नमुना कार्य गर्ने उद्देश्यले भत्तासँगै निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम राखिएको गाँउपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.